दफा
अनुमतिपत्र रद्द हुने
(१) दफा ६ बमोजिम अनुमतिपत्र नवीकरण नगराएमा त्यस्तो अनुमतिपत्र स्वतः रद्द हुनेछ।
(२) देहायको अवस्थामा अनुमतिपत्र जारी गर्ने अधिकारीले अनुमतिपत्र रद्द गर्न सक्नेछः- (क) अनुमतिपत्र प्राप्त गर्नको लागि पेश भएको कागजात वा विवरण झुट्टा देखिएमा,
(ख) अनुमतिपत्र प्राप्त व्यक्तिले यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम पालना गर्नु पर्ने शर्तको उल्लङ्घन गरेमा,
(ग) अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्र रद्द गराउनको लागि निवेदन दिएमा, वा
(घ) अनुमतिपत्रमा उल्लिखित शर्तको उल्लङ्घन गरेको कारण यस ऐन बमोजिम जरिबाना भएमा वा सजाय पाएमा ।
(३) उपदफा (२) बमोजिम अनुमतिपत्र रद्द गर्नुअघि; अनुमतिपत्र जारी गर्ने अधिकारीले सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिलाई पन्ध्र दिनको समय दिई अनुमतिपत्र रद्द गर्नु नपर्ने कुनै मनासिब आधार र कारण भएं सो? पेश गर्नका लागि मौका दिनु पर्नेछ।
तर उपदफा (२) को खण्ड (ग) बमोजिम अनुमतिपत्र रद्द गराउन निवेदन दिएकोमा त्यस्तो मौका दिनु पर्ने छैन।
(४) उपदफा (३) बमोजिमको अवधिभित्र-कुनै आधार र कारण प्राप्त नभएमा वा प्राप्त भएको आधार र कारण मनासिब नदेखिएमा अनुमतिपत्र जारी गर्ने अधिकारीले अनुमतिपत्र रद्द गर्ने निर्णय गरी सोको जानकारी सम्बन्धित अनुएमतिपत्र प्राप्त व्यक्तिलाई दिनु पर्नेछ।
(५ उपदफा (४) बमोजिमको अनुमतिपत्र रद्द गर्ने निर्णयमा चित्त नबुझेमा सम्बन्धित व्यक्तिले त्यस्तो निर्णयको जानकारी पाएको मितिले पैंतीस दिनभित्र समिति समक्ष _उजुरी दिन सक्नेछ र त्यस्तो उजुरीका सम्बन्धमा समितिले गरेको निर्णय अन्तिम हुनेछ।
(६) उपदफा (३) बमोजिम कुनै अनुमतिपत्र रद्द गर्ने प्रक्रिया प्रारम्भ भई उपदफा (४) बमोजिमको निर्णय नभएसम्मको अवधिमा त्यस्तो अनुमतिपत्र स्वतः निलम्बन भएको मानिनेछ।
(७) उपदफा (६) बमोजिम अनुमतिपत्र निलम्बन भएको अवधिभर त्यस्तो अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्र बमोजिमको काम गर्न सक्ने छैन।